गलकोट । गलकोट हटियामा रहेको गलकोट बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि भएको निर्वाचनको समानुपातिक मतगणना सम्पन्न भएको छ ।
बिहान ८ बजेबाट स्ववियु नेतृत्व चयनका लागि सुरु भएको मतदान दिउँसो १ बजे सम्पन्न भएको थियो । समानुपातिक तर्फ अखिल (क्रान्तिकारी) ले ८३ मत प्राप्त गरेको छ ।
साथै नेविसंघले ५३ मत प्राप्त गरेको छ भने अनेरास्ववियु र अखिल (छैठौं) को संयुक्त प्यानलले २२ मत प्राप्त गरेका छन् ।
स्ववियु नेतृत्व चयनका लागि गलकोट बहुमुखी क्याम्पसमा १ सय ५८ जना मतदाताले मतदान गरेको निर्वाचन अधिकृत चुडामणी शर्माले बताउनुभयो ।



















































































































































































































