काठमाडौं । प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा शनिबार सुरु भएको छ ।
महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नु भयो ।
महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले गणतन्त्रवादीले निरंकुशतावादी र आपराधिक मनस्थितिका मान्छेहरूलाई कडा कारबाही गरेर आफू पनि सच्चिने र जनताको हितमा अघि बढ्ने सही समय आएको बताएका हुन् ।
महाधिवेशनमा देशभरबाट आठ सय ५० जना प्रतिनिधि सहभागी छन् ।
आइतबारसम्मा चल्ने महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ५, महासचिव, उपमहासचिव ५, सचिव १५ र कोषाध्यक्षसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ ।



















































































































































































































