बागलुङ । नयाँ वर्ष २०८२ मा ८१ का नराम्रा कुरा त्यागेर राम्रा कुराको अनुशरण गर्दै अगाडी वढ्नुपर्ने बागलुङमा आयोजित कार्यक्रमा बोल्ने वक्ताले जोड दिएका छन् ।
नागरिक सञ्चार प्रालिद्धारा सञ्चालित नयाँ विश्व पत्रिकाले नयाँ वर्ष २०८२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले नयाँ वर्षमा शुभकामना मात्र नभई केही पुरा गर्ने सपना र लक्ष्यको साथ अघि वढ्न जरुरी रहेको बताए।
सवै सरोकारवाला निकायहरुमा सुशासन,पारदर्शीता, जवाफदेही, रोजगारी सृजना र आम जनता प्रति उत्तरदायी बन्नुका साथै दल, राजनैतिक नेतृत्व,लोकतन्त्र र सरकारका सवै अंगहरुमा देखिएका विकृति र विसंगतिको अन्त्य हुन आवश्यक रहेको बताएका थिए । २०८१ को केही समीक्षा गर्दै केही योजना बनाउँन आवश्यक रहेको चर्चा गरेको थिए ।
उनिहरुले नेपालको राजनीतिक स्थायित्व र गणतन्त्रको सस्थागत गर्न सरकार र नेपालका प्रमुख राजनीतिक दलहरु जिम्मेवार बन्नुको विकल्प नरहेको बताएका थिए ।
नयाँ वर्षले नेपालीहरुमा इच्छाशाक्ति र सङ्कल्पको नयाँ लहर जाग्नु आवश्यक रहेको भन्दै राज्य पनि जिम्मेवार बन्न सुझाव दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र लाल सापकोटा, नेकपा माओवादी केन्द्र बागलुङका अध्यक्ष राजिव घिमिरे, नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष पिंगलराज गौतम, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल, बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु हरि प्रसाद श्रेष्ठ, विराट कुमार श्रेष्ठ, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका निर्वतमान अध्यक्ष रसुमिला श्रेष्ठ, बागलुङ नगरपालिका वडा नम्वर २ का वार्ड सदस्य विदेश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष राम बहादुर जिसी, ग्लोवल आइएमई बैंक बागलुङका शाखा प्रवन्धक हेमराज शर्मा, विद्यामन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी, शंखधर बहुमुखी सहकारी सस्थाका अध्यक्ष रतन प्रसाद मलेपती, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य मनकाजी विश्वकर्मा, नेपाल रेडक्रस सोसाईटी बागलुङका उपसभापती राजेन्द्र आचार्य, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका महिला उद्यमी संयोजक ललिता थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा बागलुङ उद्योग वाणिज्य संघको १९ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष लगाएत सदस्यहरुलाई वधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको थियो । कार्यक्रम नागरिक सञ्चार प्रालिका अध्यक्ष माधव शर्माको अध्यक्षता, प्रधान सम्पादक निर्मलबहादुर श्रेष्ठको स्वागत र सम्पादक मुकेशचन्द्र राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

























































































































































































































