१५ बैशाख २०८२, सोमबार

 

ताराखोला गाउँपालिका–३ का वडा अध्यक्ष मृत फेला

बागलुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–३ का वडा अध्यक्ष कर्णबहादुर भण्डारी मृत फेला पर्नु भएको छ ।

आज बिहान ११ बजे आफ्नै घर नजिकै रहेको गोठको बलोमा झुण्डिएको अवस्थामा मृत फेला पर्नु भएको प्रहरीले जनाएको छ ।

नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा वडा अध्यक्ष फेला पर्नुभएको थियो ।

अहिले प्रहरी घटनास्थलमा पुगेर शव निकालेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

ताराखोला प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक विष्णु प्रसाद शर्माको कमाण्डमा ४ जना र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी देवराज काफ्लेको कमाण्डमा ७ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको सूचना अधिकारी यादवले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung