२० जेष्ठ २०८३, बुधबार

 

चैते दशैँ मेलाको खर्च विवरण सार्वजनिक, १४ लाख फाइदा

बागलुङ । कालिका भगवती गुठी व्यवस्थापन समितिले चैते दशैँको अवसरमा बागलुङमा आयोजना गरिएको धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला–२०८१ मा ४८ लाख रुपियाँ खर्च भएको छ ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गरेर मेलाको आयव्यय सार्वजनिक गरेको हो । कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काका अनुसार खेलामा ४८ लाख ६२ हजार तीन सय ३७ रुपियाँ खर्च भएको जानकारी दिनु भयो।

धार्मिक सम्मेलनमा ८ लाख ९४ हजार छ सय ५० रुपियाँ, विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको लागि ७ लाख १४ हजार पाँच सय रुपियाँ, कालिका कप खुल्ला भलिबल प्रतियोगितामा ७ लाख रुपियाँ, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा ६ लाख ५० हजार रुपियाँ र अतिथि सत्कारमा पाँच लाख ४४ हजार ७ सय ८४ रुपियाँ खर्च भएको अध्यक्ष खड्काले बताउनुभयो ।मेलामा ६२ लाख ७३ हजार पाँच सय रुपियाँ आम्दानी भएको छ ।

मेलामा २३ लाख ४० हजार आम्दानी भएको छ। ‘गुठी संस्थान, सहआयोजक, प्रायोजकहरुबाट २३ लाख ४० हजार रुपियाँ उठन बाँकी रहेको छ,’ अध्यक्ष खड्काले भन्नुभयो,‘सम्पूर्ण रकम प्राप्त भएमा खर्च कटाएर १४ लाख ११ हजार एक सय ६३ रुपैयाँ बचत हुनेछ ।’

मेलाको लागि कालिका भगवती मन्दिरबाट २० लाख रुपियाँ, गुठी संस्थानबाट दश लाख रुपियाँ, रमाईलो मेलाबाट १० लाख रुपियाँ, प्रायोजकहरुबाट ११ लाख ८० हजार रुपियाँ, सहआयोजकहरुबाट तीन लाख रुपियाँ, स्टलबाट २ लाख ४० हजार रुपियाँ, आर्थिक सहयोग चार लाख ६० हजार रुपियाँ र स्टलबाट दुई लाख ४० हजार रुपियाँ प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung