१५ बैशाख २०८२, सोमबार

 

सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरी र पोशाक सहयोग

बागलुङ । फर्निचर व्यवसायी प्रदिप ज्योति शेरचनले बागलुङ नगरपालिका-७ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई १ लाख ५० हजार रुपैयाँ बराबरको शैक्षिक, पोशाक र खेल सामग्री सोमबार सहयोग गर्नु भएको छ ।

विद्यालयको कमजोर शैक्षिक अवस्था सुर्धान र विद्यार्थीको आधुनिक शिक्षामा पहुँच पुगोस भनि आफूले सहयोग गरेको व्यवसायी शेरचनले नयाँ विश्वलाई बताउनुभयो ।

५१ दर्जन कापी, पेन्सिल, ५१ सेट ट्रयाक सुट, जुत्ता मोजा, ग्याँस सिलिण्डर, खानेपानीको जार, पानी तातो राख्ने हटइन्फोन्सर, भलिबल लगायतको खेल सामग्री गण्डकी प्रदेश सभाकी सदस्य तथा माओवादी केन्द्रकी प्रमुख सचेतक कुशुम बुढा मगर र व्यवसायी प्रदिप ज्योति शेरचनलेले विद्यार्थी र विद्यालयलाई हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा व्यवसायी प्रदिप ज्योति शेरचन, गण्डकी प्रदेश सभाकी सदस्य तथा माओवादी केन्द्रकी प्रमुख सचेतक कुशुम बुढा मगर, समाजसेवी महेन्द्र विक, प्रधानाध्यापक केशव गौतमले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम सरस्वती आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम विश्वकर्माको अध्यक्षता, शिक्षक यामप्रसाद शर्माको स्वागत र शिक्षक यशोदा पौडेल गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung