
बागलुङ । नयाँ विश्व बचत तथा ऋण सहकारीका कार्यसमिति सदस्य तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वकेन्द्रीय सदस्य सुदेशचन्द्र राजभण्डारी सामुदायिक क्रियापुत्री भवन निर्माण समिति, उपल्लाचौरद्वारा सम्मानित हुनु भएको छ ।
बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का र सामुदायिक क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष हरिबहादुर जिसी सन्तोषले राजभण्डारीलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गर्नुभएको हो।राजभण्डारीले बागलुङ नगरपालिका-४ उपल्लाचौरस्थित क्रियापुत्री भवन निर्माणको लागि एक लाख ३६ हजार सात सय रुपैयाँ सहयोग गर्नु भएको हो ।
समाजसेवी राजभण्डारीले आमा महालक्ष्मी र बुबा लालबहादुर राजभण्डारीको स्मृतिमा आर्थिक सहयोग गरेको नयाँविश्वलाई बताउनुभयो ।
बढ्दो सहरीकरणका कारण घरघरमा काजक्रिया कर्म गर्न ग्राहो भएपछि, भाडामा बस्नेलाई समस्या भएपछि किरिया बस्न सामुदायिक भवन आवश्यक देखिएपछि समुदायको अनुरोधमा आर्थिक सहयोग गरेको राजभण्डारीले बताउनुभयो ।
आमा महालक्ष्मी र बुबा लालबहादुर राजभण्डारीको स्मृतिमा राजभण्डारी परिवारले सामाजिक, शैक्षिक, धार्मिक र मानविय क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ ।
उपल्लाचौरमा २३ लाख लागतमा क्रियापुत्री भवन निर्माण भएको छ ।