
बागलुङ । नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा प्रदिप पन्त नियुक्त भएका छन्।पन्तसहित चार जनालाई नेपाल प्रेस युनियनको अध्यक्ष शिव लम्सालले केन्द्रीय सदस्यमा बुधबार मनोनीत गर्नु भएको हो ।
प्रेस युनियनको विधान २०४८ को धारा २१ को उपधारा (झ) बमोजिम पन्तसहित शिव देवकोटा (नुवाकोट), हिमाल जोशी (कैलाली) र शैलेन्द्र कुमार रोकाय (बझाङ) लाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । पन्त नेपाल प्रेस युनियन बागलुङका निर्वतमान अध्यक्ष तथा नेपाल पत्रकार महासंघ बागलुङका कार्यसमिति सदस्य समेत हुन् ।
पन्त २०६२ सालदेखि पत्रकारितामा क्रियाशिल छन् । पन्त कान्तिपुर टिभी र गोरखापत्रमा कार्यरत छन् । पन्तले युनियनले दिएको जिम्मेवारीले आफू थप उत्साह पूर्वक अगाडि बढ्ने बताउनुभयो ।
नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले युनियनको विधान, लक्ष्य र उद्देश्य अनुसार युनियनको संस्थागत विकास, सङ्गठन विस्तार, पत्रकारिता क्षेत्रको दिगो सृजनशिल विकासका लागि भूमिका खेल्ने अपेक्षा लिएको बताउनुभयो ।