
बागलुङ । सरकार र शिक्षक महासंघबीच सहमति भएपछि भोलिदेखि शिक्षकको सडक आन्दोलन भोलिदेखि (बिहीबार) बाट स्थगित हुने भएको छ ।
विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच बुधबार शिक्षा मन्त्रालयमा भएको वार्तापछि सहमति भएको हो।आज साँझ सम्पन्न शिक्षक महासंघका प्रतिनिधि र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहितको सरकारी वार्ता टोलीबीच सहमति भएको हो।
मन्त्रिपरिषद्को निर्णयपछि पत्रकार सम्मेलन गरेर सहमतिका बुँदा सार्वजनिक गर्ने र आन्दोल स्थगित गर्ने सहमति भएको छ । वार्तापछि कति बुँदामा सहमति भएको हो केही खुलाइएको छैन। नौ बुँदे माग सम्बोधन गर्न सरकार तयार भएको नेपाल शिक्षक महासंघकाले जनाएको छ ।