३ श्रावण २०८३, आईतवार

 

नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन बागलुङको विस्तारित बैठक सम्पन्न, भदौ १५ गतेसम्म पालिका स्तरीय सम्मेलन गर्ने

बागलुङ । नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन जिल्ला समिति बागलुङको विस्तारित बैठक बागलुङ बजारमा शनिबार सम्पन्न भएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागलुङ ईन्चार्ज चन्द्रबहादुर बुढा सागर, नेकपा माओवादी केन्द्र प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिल, वैकल्पिक केन्द्रीय सदस्य तथा ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विक हिमाल,  गण्डकी प्रदेश सभाकी संसदिय दलकी प्रमुख सचेतक कुसुम बुढा, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण राज सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।

बैठकले नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन जिल्ला समिति बागलुङको अध्यक्षको जिम्मेवारी कार्यवाहक अध्यक्ष बलबहादुर आलेलाई दिने निर्णय गरेको छ ।

साथै बैठकले आगामी भदौको १५ गतेभित्र पालिका स्तरीय सम्मेलन सम्पन्न गर्ने, भदौ मसान्त भित्र जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।

कार्यक्रमय नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन जिल्ला समिति बागलुङका कार्यवाहक अध्यक्ष बलबहादुर आलेको अध्यक्षता,  सहसचिव लक्ष्मण खत्रीको स्वागत र सचिव रुद्रबहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung