९ कार्तिक २०८३, आईतवार

 

नेपाल मगर विद्यार्थी संघको केन्द्रीय सदस्यमा बागलुङकी रुयासा मगर निर्वाचित

बागलुङ । नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको १२औँ राष्ट्रिय महाधिवेशन काठमाडौबाट गण्डकी प्रदेश बागलुङ जिल्लाका सबैभन्दा कान्छी उम्मेदवार रुयासा थापा मगर केन्द्रीय सदस्यमा र्निविरोध निर्वाचित भएको  नवनिर्वाचित महासचिव याम बहादुर रोका मगरले बताउनुभयो ।

थापा मगर बागलुङ जिल्ला समितिबाट केन्द्रीय प्रतिनिधी भएकी र धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा विविएस तेश्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । मगर हाल २१ वर्षकी हुनुभएको छ ।

उहाँले  आम मगर समुदायको उत्थानमा लाग्ने, व्यक्तित्व विकास गर्ने, स्वरोजगारीमा लाग्ने, स्वअध्ययन गर्ने, पठन सस्कृतिको विकासमा निरन्तर लाग्ने सोच बनाउनुभएको छ।

मगरको बाबा याम बहादुर थापा मगर नेपाल मगर विद्यार्थी संघको महासचिव पदमा वि.स. २०५९ सालमा भएको चौथो महाधिवेशनमा अत्यधिक मतले निर्वाचित हुनुभएको थियो ।

बाबा याम बहादुर थापा र चौतारे डाडा माध्यमिक विद्यालयका शिक्षिका रुपक देवी थापा मगरको प्ररेणा र उत्साहले मलाई मगर विद्यार्थी संघको केन्द्रीय सदस्य बन्नमा आत्मबल निर्माण भएको  मगरले बताउनुभयो ।

आगामी दिनमा उच्च तहको शिक्षा हासिल गर्ने र मगर विद्यार्थीहरुलाई एकता गर्ने र शैक्षिक जागरण फैलाऔ कार्यक्रम संचालन गर्ने सोच रहेको बताउनुभयो ।

वैज्ञानिक, व्यवहारिक र समावेशी संघीय शिक्षा प्राप्तिका लागि हाम्रो आन्दोलन, आदिवासी विश्वविद्यालय स्थापनाको पक्षमा १२औँ  राष्ट्रिय महाधिवेशन भन्ने मुल नाराका साथ सम्पन्न भएको थियो ।

महाधिवेशनबाट अध्यक्षमा राजु पुन मगर, वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र राना मगर, महिला उपाध्यक्षमा रिया लुङ्घेलि मगर, भाषिक उपाध्यक्षमा बाह्र मगरात प्रकाश ल्हायो मगर, भाषिक उपाध्याक्षमा अठार मगरातबाट डि.वि. आले मगर, भाषिक महासचिवमा याम बहादुर रोका मगर, सचिवमा शिव पुलामी मगर, सगठन सचिवमा छिनिङ लाल थापा मगर, प्रचार प्रसार सचिवमा राजिव थापा मगर, कोषाध्यक्षमा कमल राना मगर, केन्द्रिय सदस्यहरुमा कोशी प्रदेशबाट दिपन पुलामी मगर, कुशुम पुलामी मगर, नितु थापा मगर,बागमती प्रदेशबाट पुष्पा मगर, ललित रजान मगर, सुरज प्रताप राना मगर, आकाश पुन मगर, राजन आरुपाटेमगर ,निर्तिक घर्ती मगर, गण्डकी प्रदेशबाट भिमसेन थापा मगर,रुयासा थापा मगर, धनमाया पुन मगर, महेश घर्ती मगर, लुम्बिनी प्रदेशबाट राम कुमार बुढा मगर, सुशिल बुढा मगर, कर्णाली प्रदेशबाट हेमराज पुन मगर, किरण ढेगा मगर, सन्ध्यादेवी पुन मगर, सुदुर पश्चिम प्रदेशबाट आशा कुमारी सारु मगर, मनोज पुन मगर, विश्वविद्यालयबाट विना थापा मगर र त्रिभुवन विश्वविद्यालय आंगिक क्याम्पसबाट राजकुमार बुढा मगर निर्वाचित हुनु भएको छ ।

नेपाल मगर संघका भातृसगठनहरु मगर महिला संघ, लेखक संघ, पत्रकार संघ, युवा संघहरु मध्ये मगर विद्यार्थी संघ सशक्त भातृसंगठन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung