९ कार्तिक २०८३, आईतवार

 

कालिका कन्या माध्यमिक विद्यालयको प्रधानाध्यापकमा सुदर्शन कँडेल

बागलुङ । श्री कालिका कन्या माध्यमिक विद्यालयको प्रधानाध्यापकमा सुदर्शन कँडेल नियुक्त भएका छन् ।वैशाखको ३ गते सम्पन्न विद्यालय व्यवस्थापन समितिको बैठकले कँडेललाई प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरेको हो ।

कँडेलले वैशाख १९ गतेदेखि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएको छ । कँडेलसँग कालिका कन्या माध्यमिक विद्यालयमा ११ वर्ष शिक्षक भएर कुशलता पूर्वक अध्यापन गरेको अनुभव रहेको छ ।

कँडेलको नेतृत्वमा विद्यालयले संस्थागत रुपमा अझ राम्रो गर्ने आफूले विश्वास लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीले बताउनु भयो ।

प्रधानाध्यापकमा कँडेलले सबैसँग सहकार्य गरी शैक्षिक सुधार र उत्कृष्ठ शैक्षिक नतिजा दिन प्रयत्नशिल रहने नयाँ विश्वलाई बताउनु भयो ।विस २०२९ सालमा बागलुङको काठेखोला गाउँपालिका-६ ताराखसे गाउँमा जन्मिएका कँडेलले भिमसेन मावि ,विहुँबाट विस २०४५ सालमा एसएलसी दिएका थिए ।

यसअघि यस विद्यालयमा धनराज सापकोटाले दश वर्ष कुशलतामा पूर्वक प्रधानाध्यापको जिम्मेवारी सम्हान्नु भएको थियो । उहाँको नेतृत्वमा विद्यालयको भौतिक निर्माण, शैक्षिक सुधार, विद्यालयमा कक्षा १२ सम्मको अध्यापन र शैक्षिक गन्तव्यको रुपमा विद्यालयलाई परिचित गराउन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung