९ कार्तिक २०८३, आईतवार

 

बागलुङ बाल विशेष कक्षाका विद्यार्थीलाई भोजन सहयोग

बागलुङ । नेपाल बजार बिक्री प्रतिनिधि संघको २५औँ स्थापना दिवसको अवसरमा बागलुङ नगरपालिका–४ उपल्लाचौर स्थित बौद्दिक अपाङ्गता भएका विद्यार्थीलाई भोजन अर्पण गरिएको छ । बाल विशेष कक्षा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई संघको स्थापना दिवसको अवसरमा भोजन अर्पण गरिएको हो ।

कार्यक्रममा बाल विशेष कक्षा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठले बौद्दिक अपाङ्गता भएका विद्यार्थीलाई विभिन्न निकायको सहयोगले राहत मिलेको बताउनुभयो । उहाँले अन्य विद्यार्थी भन्दा बौद्दिक अपाङ्गता भएका विद्यार्थीलाइ पठन पाठन गराउन र हेरचाह गर्न निकै कठिन रहेको बताउनुभयो । उहाँले आवासीय सहितको शैक्षिक सेवा दिइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा बाल विशेष कक्षा आधारभूत विद्यालयका प्रधानध्यापक युक्त जंग रानजभण्डारीले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको विषयमा जानकारी गराउनुभएको थियो ।कार्यक्रम नेपाल बजार बिक्री प्रतिनिधि संघ बागलुङका अध्यक्ष दिनेश गौतमको अधयक्षता, आकाश रेग्मीको स्वागत तथा जयन्द्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung