५ कार्तिक २०८३, बुधबार

 

पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतलाई बागलुङ नगरपालिकाद्वारा स्वागत

बागलुङ । पूर्व अर्थमन्त्री, परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतलाई बागलुङ नगरपालिकामा स्वागत गरिएको छ ।

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. महतले दिगो विकासको कार्यक्रम तय गरेर विकास बजेट खर्च गर्न आग्रह गर्नुभयो । वितरणमुखी बजेटले विकास लक्ष्य हासिल नहुँने हुनाले नगरले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, सिचाईलगाएतका क्षेत्रमा लगानी गर्नु पर्ने बताउनुभयो ।

बागलुङ नगरपालिकाको तर्फबाट पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. महतलाई स्वागत गर्नु हुँदै नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ नगरपालिकाले चालेका दिगो विकासका परियोजनाहरु, सामाजिक कल्याणका कार्यक्रमहरु, नगरवासीलाई प्रदान गरिएको विभिन्न सेवाहरु, नगरका विकासका लक्ष्यहरु र नगरका आवश्यकताहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung