३ श्रावण २०८३, आईतवार

 

गलकोट नगरपालिका-७ द्वारा विद्यार्थीलाई खेलकुद सामग्री वितरण

गलकोट नगरपालिका ७ द्धारा विद्यालयमा खेलकुद सामग्री वितरण

गलकोट । गलकोट नगरपालिका ७ वडा कार्यालयले वडा भित्रका विद्यालय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । गलकोट नगरपालिका ७ को आयोजनामा वडा भित्रका विद्यालयहरुमा खेलकुद र सरसफाइको सामग्री वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।

वडा नं ७ भित्रका संस्थागत तथा सामुदायिक विद्यालयका ईसिडीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई बालमैत्री दिगोपना कार्यक्रम अन्तरर्गत विद्यार्थीलाई खेलकुदका सामग्री र खानेपानीको बोतल वितरण गरिएको वडा अध्यक्ष राजबहादुर थापाले बताउनुभयो ।

विद्यार्थीको अतिरिक्त क्रियाकलापको सहयोग पुगोस र स्वास्थ्य समेत राम्रो होस भनि सामग्री वितरण गरिएको खेलकुद तथा सरसफाई समितिका अध्यक्ष जिवन साहानीले बताउनुभयो ।

कार्यक्रम गलकोट नगरपालिका ७ का वडा अध्यक्ष राजबहादुर थापाको अध्यक्षता र वडा सदस्य नरबहादुर थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung