९ कार्तिक २०८३, आईतवार

 

धौलागिरी वीरेन्द्र माविका विद्यार्थीले ल्याए एसईईमा उत्कृष्ट नतिजा

बागलुङ । माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ को शुक्रबार प्रकाशित नतिजामा धौलागिरी वीरेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

विसं २०२१ सालमा स्थापना भएको यस विघालयमा भौतिक र शैक्षिक सुधारका साथै विद्यार्थी मैत्री वातावरण भएकोले एसईईको नतिजा अब्बल आएको धौलागिरी वीरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक भुमिराज गौतमले नयाँविश्वलाई जानकारी दिनु भयो । परीक्षामा ३६ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

परीक्षा दिएका मध्ये ६ जनाले विद्यार्थीले ए प्लस, १६ जना विद्यार्थीले ए , ९ जनाले बि प्लस र  ५ जनाले बि ल्याएको विद्यालयले जनाएको छ । धवीमाविमा सृजनात्मक र व्यवहारिक ढंगले अध्यापन हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung