१९ जेष्ठ २०८३, मंगलवार

 

रोट्रयाक्ट क्लव अफ बागलुङको अध्यक्षमा सुनिल गौतम, सचिवमा मनोज उपाध्याय

बागलुङ । रोट्रयाक्ट क्लव अफ बागलुङको वर्ष २०२५-०२६ का लागि अध्यक्षमा सुनिल गौतम सर्वसम्मत चयन भएका छन् । गौतमको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा किशोर सापकोटा, सचिवमा मनोज उपाध्याय र कोषाध्यक्षमा असमित जंग कार्की रहेका छन् ।

साथै आइपिपिमा सौरभ केसी, आगामी अध्यक्ष रिजिना रोका, प्रस्तावित अध्यक्ष तारा केसी, सचेतक कुशल कँडेल, सहसचिवमा धिरज पुन, क्लब एडमिट्रेसन चिफमा प्रदिप पौडेल, प्रोफेसनल डेभलपमेन्ट चियर रोजिना खड्का, इन्टरनेसनल सर्भिस चियरमा नविना छन्त्याल, मेम्बरसिफ चियर सरला थापा, रोटरी फाउण्डेसन चियरमा एसहिम खत्री, पब्लिक इमेज चियरमा मनिष खत्री, सर्भिस प्रोजेक्ट चियरमा विवेक केसी, आइटि अफिसरमा मन्जु खत्री रहेका छन् ।

रोट्रयाक्ट क्लव अफ बागलुङ क्लबका सदस्यको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, पर्यावरण, मानवियलगाएतका क्षेत्रमा क्रियासिल छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung