१८ कार्तिक २०८३, मंगलवार

 

हरिलक्ष्मी नारायणप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट बागलुङका चार पत्रकार पुरस्कृत

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङमा स्थापना गरिएको हरिलक्ष्मी नारायण प्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट बागलुङका चार पत्रकार नगद २० हजार सहित सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको रजत जयन्तीका अवसरमा किरण आचार्य, कोपिला कँडेल, दिल शिरिष र सुवास आचार्य पुरस्कृत हुनुभएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा र हरिलक्ष्मी नारायणप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार कोषका प्रधान संरक्षक तीर्थ प्रसाद श्रेष्ठ, संरक्षक मनोविज्ञान श्रेष्ठ र शाखाका अध्यक्ष राम थापा अविरलले पत्रकारलाई नगद रु २० हजार सहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गर्नु भएको हो ।

हरिलक्ष्मी–नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कार –२०७९ बाट किरण आचार्य, २०८० बाट कोपिला कँडेल, २०८१ बाट दिलि शिरिष र २०८२ बाट सुवास आचार्य पुरस्कृत हुनु भएको हो । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको संयोजकत्वमा रहेको तीन सदस्यीय पुरस्कार छनोट समितिले चार जना पत्रकारको नाम सिफारिस गरे अनुसार पुरस्कृति गरिएको पत्रकार महासंघ बागलुङ अध्यक्ष राम थापा अविरलले जानकारी दिनुभयो ।

समाजसेवी तीर्थ प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ, मनोविज्ञान श्रेष्ठ, श्रीजय श्रेष्ठ र श्रेष्ठ परिवारले हरिलक्ष्मी नारायण प्रसाद श्रेष्ठको स्मृति सात लाखको अक्षय कोष विसं २०७३ मा नेपाल पत्रकार महासंघ बागलुङमा स्थापना गरेका थिए ।

तस्बिर : दिनेश जिसी

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung