बागलुङ। मेटलाइफ नेपालले जीवन बिमा र क्रिकेट जस्ता दुई शक्तिशाली क्षेत्रलाई एकताबद्ध गर्दै राष्ट्रिय पुरुष र महिला क्रिकेट टोलीका कप्तानहरू रोहित पौडेल र इन्दु बर्मासँग सहकार्य गरेको छ।
यस सहकार्यको उद्देश्य बिमालाई सुरक्षा र वित्तीय योजना बनाउने उपकरणका रूपमा प्रवर्द्धन गर्नु हो।
नेपालमा पहिलो पटक दुवै टिमका कप्तानहरू साहस, आशा र राष्ट्रिय गौरवका प्रतीक हुन्।
अब भविष्य सुरक्षित गर्ने महत्त्वपूर्ण सन्देश फैलाउने अभियानमा अगाडि छन्।
यो साझेदारी साझा मूल्य, सहनशीलता, तयारी र भविष्यप्रति चिन्ताको कथाको रूपमा प्रस्तुत गरिएको छ।
मेटलाइफले राष्ट्रिय क्रिकेट टोलीहरूलाई बिमा कभरेजमार्फत प्रायोजन पनि गरेको छ।
राष्ट्रलाई प्रेरणा दिने व्यक्तिहरूको सुरक्षा गर्न प्रतिबद्ध रहेको छ।
हाम्रा राष्ट्रिय टोलीका कप्तानहरू हरेक पटक मैदानमा उत्रिँदा सँगै सम्पूर्ण राष्ट्रको आशा बोकिरहेका हुन्छन्।
त्यसैले जिम्मेवारी र सुरक्षाको महत्त्व बुझाउन उनीहरूभन्दा उपयुक्त व्यक्ति को हुन सक्छन ?
सम्पूर्ण नेपालीहरुको परिवार र भविष्यको सुरक्षासम्बन्धी हाम्रो सन्देश रोहित र इन्दुको माध्यमबाट फैलाउन पाउँदा हामी उत्साहित छौं, मेटलाइफ नेपालका मार्केटिङ तथा कम्युनिकेसन प्रमुख अंकित राजभण्डारीले भने।













































































































































































































