४ श्रावण २०८३, सोमबार

 

बागलुङ नगरपालिकाद्वारा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको विदाई

बागलुङ । बागलुङ नगरपालिकाबाट निलकण्ड नगरपालिका धादिुङ सरुवा भएर जान लाग्नु भएका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेललाई विदाई गरिएको छ ।बागलुङ नगरपालिकाको आयोजनामा निलकण्ड नगरपालिका सरुवा भई जान लाग्नु भएका प्रमुख प्रशासकीय अधिकृत कँडेललाई शुक्रबार विदाई गरिएको हो ।

बागलुङ नगरको प्रशासनिक, सेवा प्रवाह सुधार र दिगो विकास लक्ष्य हासिल गर्न कर्तव्यनिष्ठ भएर गर्नुभएको सहजिकरणका लागि बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत कँडेललाई धन्यवाद दिनु भएको थियो ।

आफ्नो बागलुङ बसाईको क्रममा समन्वय र सहयोग गर्नु भएकोमा नगर नेतृत्व, सबै जनप्रतिनिधि, कर्मचारी र सबै सरोकारवालाहरुलाई कँडेलले धन्यवाद दिनु भएको थियो । कँडेलले बागलुङ नगरमा २७ महिना कुशलता पूर्वक प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको थियो । बागलुङ नगरमा उहाँको यो तेस्रो कार्यकाल हो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काले प्रमुख प्रशासकीय अधिकृत कँडेलको थप प्रगतिसहित धन्यवाद दिनुभएको थियो। कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले कँडेलको आगामी यात्राको सफलता र प्रगतिको कामना गर्नु भएको थियो ।

कार्यक्रम बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठको अध्यक्षता तथा प्रशासन शाखा प्रमुख भिमसेन पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung