बागलुङ । एनप्याब्सन बागलुङ जिल्ला कार्यसमितिको समन्वय र एनप्याब्सन बागलुङ नगर समितिको आयोजनामा अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
नृत्य प्रतियोगितमा प्रिसियस एकेडेमी प्रथम, गुराँस विद्या सदन द्धितीय, फ्युचर ब्राइटर माध्यामिक विद्यालय तृतीय र कालिगण्डकी आवासिय माविले सान्त्वना स्थान हासिल गरेको । प्रतियोगितामा आठ विद्यालयको सहभागिता रहेको थियो । प्रथम हुने प्रिसियस एकेडेमीका विद्यार्थीले नगद दश हजारसहित प्रमाणपत्र र सिल्ड प्राप्त गरेका छन् ।
साथै द्धितीय हुने गुराँस विद्या सदनले आठ हजार नगद र प्रमाणपत्र, फ्युचर ब्राइटर माध्यामिक विद्यालयले छ हजार नगदसहित प्रमाणपत्र, कालिगण्डकी बोर्डिङ स्कुलका विद्यार्थीले चार हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।
कार्यक्रममा सहभागि विद्यालयलाई प्रोत्साहन स्वरुप नगद दुई हजार प्रदान गरिएको एनप्याब्सन गण्डकी प्रदेशका उपाध्यक्ष निशान खड्काले जानकारी दिनुभयो ।
कार्यक्रम एनप्याब्सनका केन्द्रीय सचिव बालकृष्ण शर्माको अध्यक्षता र शिक्षक टिका पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































