९ कार्तिक २०८३, आईतवार

 

बुटवल कालिका क्याम्पसमा तीज नृत्य प्रतियोगिता सम्पन्न, नेहा आलेको समूह प्रथम

बागलुङ । नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा बुटवल कालिका क्याम्पसले तीज नृत्य प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा नेहा आलेको समूह प्रथम, भूमिका अर्यालको समूह दोस्रो र विपना भण्डारीको समूह तेस्रो भएको छ ।

कार्यक्रममा बिबिएस चौथो वर्ष २०८१ को परीक्षामा उत्र्तीण गरेका विद्यार्थीलाई क्याम्पसले सम्मान गरेको क्याम्पस प्रमुख घनश्याम पाठकले नयाँ विश्वलाई बताउनुभयो । परीक्षामा सहभागि विद्यार्थीमध्ये २० जना विशिष्ट श्रेणी र १ सय ११ जना प्रथम श्रेणी सहित उत्तीर्ण भएका थिए ।

कार्यक्रममा बुटवल कालिका क्याम्पस क्याम्पस प्रमुख घनश्याम पाठकले क्याम्पसले दिने गरेको सेवालाई अझ प्रभावकारी गराउनुको साथै निकट भविष्यमै एमबीएस को अध्यापनको लागि प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।

क्याम्पसका अध्यक्ष होमबहादुर गलामीले बुटवल कालिका क्याम्पसले उत्कृष्ट नतिजा हासिल गर्नुमा विद्यार्थी, प्राध्यापक, अभिभावक र क्याम्पसको संयुक्त प्रयास र मेहनतको परिणाम भएको बताउनुभयो ।

कार्यक्रम बुटवल कालिका क्याम्पसकी प्राध्यापक झरना खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung