३ श्रावण २०८३, आईतवार

 

उच्च अदालत बार एसोसिएसन बागलुङको अध्यक्षमा अधिवक्ता गीता श्रीष, सचिवमा अधिवक्ता उमा शंकर सापकोटा

बागलुङ । नेपाल वार एशोसियशन उच्च अदालत बार एकाइ बागलुङको अध्यक्षमा अधिवक्ता गीता श्रीष काउचा थापा सर्वसम्मत निर्वाचित हुनु भएको छ । नेपाल वार एशोसियशन उच्च अदालत बार एकाइ बागलुङको ४७औँ साधारण सभा तथा ३३औँ अधिवेशनले श्रीषको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाल वार एशोसियशन उच्च अदालत बार एकाइ बागलुङले इतिहासमै पहिलो पटक महिला अध्यक्ष पाएको छ । बारको ३३औं अधिवेसन शुक्रबारदेखि शुरु भएको थियो । अध्यक्षमा लागि अधिवक्ता हरिकृष्ण सुवेदीको पनि उम्मेदवारी परेको थियो । अन्तिम समयमा सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि श्रीष निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता काजि गाउँले श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

वारको उपाध्यक्षमा अधिवक्ता लक्ष्मी बास्कोटा, सचिवमा अधिवक्ता उमाशंकर सापकोटा र कोषाध्यक्षमा अधिवक्ता रामराजा कँडेल चयन हुनु भएकोे छ । सदस्यहरुमा अधिवक्ता नरेन्द्रप्रताप सिंह बुढाथोकी, अधिवक्ता तेजेन्द्र थापा, अधिवक्ता प्रकाश बराल र अधिवक्ता लक्ष्मीदेवी जिसी र मानवअधिकार समितिको सदस्यमा अधिवक्ता गोविन्दप्रसाद ओझा चयन भएको निर्वाचन संयोजक श्रेष्ठले बताउनु भयो ।

बारको केन्द्रीय पार्षदतर्फ अधिवक्ता बद्रीप्रसाद शर्मा, अधिवक्ता हरि गौतम, अधिवक्ता गोविन्द गौतम, अधिवक्ता अखिलनाथ शर्मा चयन हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung