७ कार्तिक २०८३, शुक्रबार

 

बागलुङमा मनाइयो १८औँ राष्ट्रिय पुस्तकालय दिवस

बागलुङ । बागलुङको विद्यामिन्दर पुस्तकालयले १८औँ राष्ट्रिय पुस्तकालय दिवस चार दिवसीय कार्यक्रम सहित मनाएको छ ।

पहिलो दिन पुस्तकालय प्रचार प्रसार, दोस्रो दिन बालकक्षाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, तेस्रो दिन सरसफाई तथा चौथो दिन ‘हाम्रो पुस्तकालय हाम्रो भविश्य’ विषयक वक्तृत्वकला प्रतियोगिता र मूल समारोह गरी पुस्तकालय दिवस भव्यताका साथ मनाइएको कार्यबाहक अध्यक्ष राजन प्रसाद शर्माले जानकारी दिनुभयो ।

पुस्तकालयका पूर्वअध्यक्ष तथा गंगा प्रसाद स्मृति कोषका संरक्षक राम प्रसाद शर्माले कोषको उद्देश्यको बारेमा प्रकाश पार्नु भएको थियो । पुस्तकालयमा स्थापना गरिएको गंगा प्रसाद स्मृति कोष मार्फत वतृत्वकला आयोजना गरिएको थियो ।

वतृत्वकला प्रतियोगितामा अमर आदर्श माध्यामिक विद्यालयका प्रान्जल पौडेल प्रथम, चिल्ड्रेन लाईफ बोर्डिङ स्कूलका प्रशंसा शाही दोस्रो, गणेश माध्यामिक विद्यालयका सूचना ढकाल र फ्युचर ब्राइटर बोर्डिङ स्कुलका निशा शर्मा तेस्रो भएका थिए ।

मूल समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पुस्तकालयप्रति अभिरुचि जगाउन विद्यामन्दिर पुस्तकालयले नयाँ–नयाँ सोच ल्याएको बताउनुभयो ।

कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापा, विद्यामन्दिर पुस्तकालयका कार्यवाहक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारी, संरक्षक प्रेम छोटा, पूर्वअध्यक्ष इश्वर प्रसाद मलेपती, शिक्षक पूर्ण राज रेग्मी र पुरस्कृत विद्यार्थी प्रशंसा शाहीले बोल्नुभएको थियो ।

कार्यक्रम विद्यामिन्दर पुस्तकालयका कार्यबाहक अध्यक्ष राजन प्रसाद शर्माको अध्यक्षता, कोषाध्यक्ष धनमाया शर्माको स्वागत तथा पूर्वअध्यक्ष गोविन्द ओझाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung