बागलुङ । १८औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विद्यामिन्दर पुस्तकालयले आइतबार वतृत्वकला प्रतियोगितामा आयोजना गरेको छ ।
वतृत्वकला प्रतियोगितामा अमर आदर्श माध्यामिक विद्यालयका प्रान्जल पौडेल प्रथम, चिल्ड्रेन लाईफ बोर्डिङ स्कूलका प्रशंसा शाही द्धितीय, गणेश माध्यामिक विद्यालयका सूचना ढकाल र फ्युचर ब्राइटर बोर्डिङ स्कुलका निशा शर्मा तेस्रो भएका थिए ।पुस्तकालयका पूर्वअध्यक्ष राम प्रसाद शर्माले आफनो बुबा गंगा प्रसाद शर्माको स्मृतिमा प्रतियोगिताको लागि पुस्तकालयमा अक्षय कोष स्थापना गर्नु भएको थियो ।
वतृत्वकला प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, कोषका संरक्षक राम प्रसाद शर्मा र पुस्तकालयका कार्यवाहक अध्यक्ष राजन प्रसाद शर्माले नगद र प्रमाणपत्रले पुरस्कृत गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, धौलागिरि बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापा, विद्यामन्दिर पुस्तकालयका कार्यवाहक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारी, संरक्षक प्रेम छोटा, पूर्वअध्यक्षहरु इश्वर प्रसाद मलेपती, राम प्रसाद शर्मा शिक्षक पूर्ण राज रेग्मी र पुरस्कृत विद्यार्थी प्रशंसा शाहीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम विद्यामिन्दर पुस्तकालयका कार्यवाहक अध्यक्ष राजन प्रसाद शर्माको अध्यक्षता, कोषाध्यक्ष धनमाया शर्माको स्वागत तथा पूर्वअध्यक्ष गोविन्द ओझाको सञ्चालनमा सम्पन्न भएको थियो ।




















































































































































































































