३ श्रावण २०८३, आईतवार

 

अध्यक्ष गीता श्रीषले सम्हालिन् कार्यभार

बागलुङ ।उच्च अदालत वार एसोसिएसन बागलुङको अध्यक्षको रुपमा गीता श्रीषले जिम्मेवारी सम्हालेकी छन्।

उच्च अदालत वार एसोसिएसन बागलुङको नयाँ कार्यसमितिको सोमबार पदस्थापनापछि उहाँले जिम्मेवारी सम्हालेकी हुन् । शनिबार भएको अधिवेशनले अधिवक्ता गीता श्रीषको अध्यक्षतामा नयाँ समिति चयन गरेको थियो ।

पदस्थापन कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा निर्वाचन समितिका संयोजक काजी गाउँले श्रेष्ठले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।पदस्थापन पछि बोल्दै नवनिर्वाचित अध्यक्ष श्रीषले सबै सरोकारवालाहरुसँग सहकार्य गरेर वारको गरिमालाई थप उचाईँमा लैजाने बताइन् ।

कार्यक्रममा उच्च अदालत वार एसोसिएसन बागलुङका निर्वतमान अध्यक्ष अधिवक्ता रमेशबहादुर खड्काले निर्णय पुस्तिका हस्तान्तरण गर्नुभएको थियो ।

वारको उपाध्यक्षमा अधिवक्ता लक्ष्मी बास्कोटा, सचिवमा अधिवक्ता उमाशंकर सापकोटा र कोषाध्यक्षमा अधिवक्ता रामराजा कँडेल चयन हुनु भएको छ । साथै सदस्यहरुमा अधिवक्ता नरेन्द्रप्रताप सिंह बुढाथोकी, अधिवक्ता तेजेन्द्र थापा, अधिवक्ता प्रकाश बराल र अधिवक्ता लक्ष्मीदेवी जिसी र मानवअधिकार समितिको सदस्यमा अधिवक्ता गोविन्दप्रसाद ओझा चयन भएका छन् ।

वारको केन्द्रीय पार्षदतर्फ अधिवक्ता बद्रीप्रसाद शर्मा, अधिवक्ता हरि गौतम, अधिवक्ता गोविन्द गौतम, अधिवक्ता अखिलनाथ शर्मा चयन हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung