बागलुृङ । भदौ २३ गते जेन-जीले भ्रष्टाचारका विरुद्धमा र सामाजिक सञ्जाल बन्दका विरुद्धमा सुरु गरेको प्रदर्शनमा केपी ओली सरकारले नृशंस दमन गरी १९ जना होनहार युवाको हत्या गरेको घटनाले हामी स्तब्ध भएका छौं। युवा-विद्यार्थीको आन्दोलन माथि भएको दमनको हामी घोर, निन्दा र भर्त्सना गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछौं।
विरोधको आवाज उठाउनेहरूप्रति निरन्तर असहिष्णु रहँदै आएको ओली नेतृत्वको सरकार अन्ततः क्रूर जनहत्यामा ओर्लिएको छ। हामी निम्न लेखक, बौद्धिक तथा संस्कृतिकर्मीहरू घाइते आन्दोलनकर्मीहरुको यथाशीघ्र निशुःल्क उपचार गर्न, भदौ २३ को दमनको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न र दमनकारी ओली सरकारलाई तुरुन्तै राजीनामा दिन माग गर्दछौ।
आन्दोलनलाई अराजकतातिर धकेलेर धमिलो पानीमा माछा मार्न खोज्ने प्रतिक्रियावादी तत्त्वप्रति सचेत रहन आन्दोलनकर्मीमा आग्रह गर्दै सर्वपक्षीय संवादमार्फत् आन्दोलनकारीका माग पूरा गर्ने पहल लिन जिम्मेवार राजनीतिक दल तथा राज्यका निकायहरूसँग आव्हान पनि गर्दछौं ।
१ खगेन्द्र संग्रौला
२ निनु चापागाईं
३ नारायण ढकाल
४ हरि रोका
५ झलक सुवेदी
६ तुल्सीदास महर्जन
७ युग पाठक
८ कुमार उपाध्याय
९ कल्पना चिलुवाल
१० विनोदविक्रम केसी
११ नवीन तिवारी
१२ राजु स्याङ्तान
१३ भोगीराज चाम्लिङ
१४ हीरामणि दुःखी
१५ इस्माली
१६ प्रा.डा. जगदीशचन्द्र भण्डारी
१७ मित्रलाल पंज्ञानी
१८ गौरी देवकोटा
१९ वन्दना ढकाल
२० इन्दिरा दली
२१ विष्णु भण्डारी
२२ प्रमोद धिताल
२३ सङ्गीत
२४ अनिल श्रेष्ठ
२५ किशोर शर्मा
२६ मोदनाथ मरहठ्ठा
२७ दीपक भेटवाल
२८ सिर्जना ढकाल
२९ रघु घिमिरे
३० रामराज रेग्मी
३१ विष्णु अधिकारी
३२ देव व्रत
३३ सौरभ कार्की
३४ डा. नन्दीश अधिकारी
३५ नारायण शर्मा
३६ महादीप पोखरेल
३७ पुष्कर गौतम
३८ लक्ष्मण उप्रेती
३९ यज्ञबहादुर डाँगी
४० राजेन्द्र पौडेल
४१ जेबी विश्वकर्मा
४२ शैलज पौडेल
४३ घनश्याम अस्तित्व
४४ घनश्याम शर्मा पौड्याल
४५ मुकेशचन्द्र राजभण्डारी
४६ बलराम तिमल्सिना
४७ रवि मिश्र
४८ केदार श्रेष्ठ
४९ गुरुङ सुशान्त
५० शकुन्तला जोशी
५१ राजेन्द्र महर्जन
५२ सोमत घिमिरे
५३ राजेश नेपाली
५४ शशिधर भण्डारी
५५ नवीन विभास
५६ सर्जन गौतम
५७ सुरज उपाध्याय
५८ सुशील गौतम
५९ आरके अदीप्त गिरी
६० नुमेश घर्ती













































































































































































































