४ श्रावण २०८३, सोमबार

 

बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष केसीले दिए राजिनामा, भन्छन् आजबाट स्वतन्त्र भए

बागलुङ । बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष लक्ष्मण केसी सनीले पदबाट राजीनामा दिनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्दै राजिनामा दिनुभएको हो । उहाँले सोमबार आन्दोलनका क्रममा विद्यार्थीसहितका जेनजी युवाहरुलाई सरकारले बर्बरता पूर्वक हत्या गरेको भन्दै आफूले राजीनामा दिएको उहाँले बताउनुभयो ।

राजिनामा दिएको विषयमा उहाँले आफूले कांग्रेस पार्टी समेत छोडेको बताउनुभयो । राजिनामा लेखेर राखेपनि राजिनामा बुजाउन नगरप्रमुख र नगरपालिका बन्द भएकाले नसकेको बताउदै कार्यालय खुलेपछि राजिनामा पत्र बुझाउने बताउनुभयो । उहाँले आफूले राजिनामाको विषयमा सोच विचार गरेर दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung