बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले मुख्य चार बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
जेनजी समूहको आन्दोलन र सृजित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बागलुङ बजार, गलकोट बजार, ढोरपाटन र कुश्मिसेरा बजारमा निषेधाज्ञा जारी गरिएको बागलङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरूङले जानकारी दिनुभयो ।
बागलुङ बजारको बागलुङ नगरपालिका–१,२,३ र ४ वडाहरु, गलकोट नगरपालिका–३, ५ ,६, वडा जैमिनी नगरपालिका–१ कुश्मिसेरा, ढोरपाटन नगरपालिका–१, २,३ बुर्तिवाङ बजारमा आज बिहान ९ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा जारी गरेपनि बागलुङको जनजिवन सामान्य बन्दै गएको छ । बागलुङमा पार्टी कार्यालय तोडफोड भएपनि अन्य भौतिक संरचना सुरक्षित छन् । बागलुङ कारागार समेत सुरक्षित रहेको प्रजिअ गुरूले जानकारी दिनुभयो ।














































































































































































































