बागलुङ । देशको विषम् परिस्थितिको कारण रोकिएको उच्च अदालत पोखरा बागलुङ इजलाशको सेवा पुन सुचारु भएको छ ।
यस अदालतका मातहत जिल्लाहरुमा समेत यातायात सूचारु हुन नसकेको अवस्थालाई मध्येनजर गरी भदौं २५ गतेको सूचना बमोजिम अदालतबाट सुनुवाई हुने बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेकका अन्य मुद्दाहरुको सुनुवाई रोकिएको थियो ।
जनजिवन सामान्य बन्दै गएपछि भदौ ३० गतेदेखि नियमित गर्न थालिएको उच्च अदालत पोखरा बागलुङ इजलाशका रजिष्ट्रार रामबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँले साप्तहिक पेसी सूचिमा चढाउनुपर्ने मुद्दा बाहेकका अन्य मुद्दाहरु सुनुवाई र अन्य कामकार्वाही पूर्ववत नियमित रुपमा सञ्चलान गर्न सकिने बताउनुभएको छ ।













































































































































































































