बागलुङ । स्थगित गरिएको कक्षा १२ को मौका ९पूरक० परीक्षाको नयाँ तालिका अनुसार असोज ७ गते र ८ गते हुने भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले मौका परीक्षा असोज ७ गते र ८ गतेका लागि तय गरेको हो ।असोज ७ गते अंग्रेजी र असोज ८ गते नेपालीको परीक्षा दिनु पर्नेछ ।
असोज ७ गते अनिवार्य अंग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ भने असोज ८ गते दुवै विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुनेछ ।



















































































































































































































