बागलुङ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका बागलुङमा रहेका लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम शनिवार सम्पन्न भएको छ ।सो अवसरमा विभिन्न १२ लायन्स क्लवका वर्ष २०२५ र २६ का लागि नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी र सदस्यको पदस्थापन गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी सदस्यहरुको लायन्स क्लव डिष्ट्रिक ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर दुर्गा प्रसाद हुमागाइले प्रथम भाइस डिस्ट्रिक्ट गर्भनर रमेश अधिकारीलाई अधिकार प्रत्यायोजन गरेसँगै अधिकारीले पदस्थापन गराउनु भएको हो ।
सो अवसरमा निवर्तमान अध्यक्षहरुले लायन वर्ष २०२४र०२५ का अध्यक्षहरुले गत वर्ष गरेका कामका बारेमा जानकारी गराएका थिए भने लायन वर्ष २०२५र०२६ का नवनिर्वाचित अध्यक्षहरुले यस वर्ष आआफ्ना क्लवले गर्ने आगामी कार्यक्रमहरुको वारेमा जानकारी गराएका थिए ।
सो अवसरमा बोल्दै डिस्ट्रिक्ट गभर्नर हुमागाईले लायनहरुले समाजमा सकारात्मक चेतना फैलाउने काम गदै जनताको सेवामा समर्पित रहनु पर्ने बताउनु भयो । उहाले लायन वर्ष २०२५र२६ लाई स्मरणीय वर्ष बनाउ सबैलाई आग्रह गनु भयो ।
कार्यक्रममा लायन वर्ष २०२५–२६ का द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर विष्णुहरि फुयाँल, डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी ट्रिजा ढकाल, पूर्वगर्भनर राजेन्द्र कुमार वटाजुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको पहिलो चरणमा लायन्स क्लव अफ बागलुङ ब्लुसिपका वर्ष २०२४ र २५ अध्यक्ष रेशम आले मगर र दोश्रो चरणमा लायन्स क्लव अफ बागलुङ प्रोफेशनलका अध्यक्ष दिनेश अधिकारीको अध्यक्षता, कार्यक्रम संयोजक तथा डिष्ट्रिक कोडिनेटर अनुप रिजालको स्वागत,
जोन चियर पर्सन दुर्गा श्रीसको धन्यवाद र रिजन चियरपर्शन जुनु श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
























































































































































































