बागलुङ । मालिका सेवा समाजले विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा सेवा निवृत्त शिक्षकहरूलाई सम्मान गरेको छ । बागलुङ नगरपालिका ५ मालिकाको सामुदायिक विद्यालयमा अध्यापन गरेर शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नु भएका विस जना सेवा निवृत्त शिक्षकहरूलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख प्रकाश बन्धु अर्याल, बागलुङ नगरपालिका-४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, बागलुङ नगरपािलका-५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्य, सेवा निवृत्त शिक्षक समाजका अध्यक्ष टीकाराम सापकोटा, गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, मालिका सेवा समाजका पूर्वअध्यक्ष दुर्गाबहादुर कुवँर ,निवृत्त शिक्षक दिननाथ शर्मा, कुँडुले सेवा समाजका अध्यक्ष कृष्णप्रसाद आचार्य, मालिका सेवा समाजका सल्लाहकार भीमबहादुर केसी, मालिका स्वास्थ्य चौकीका ईन्चाज विलाश चन्द्र पौडेल, पूर्वजनप्रतिनिधि कालिका सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।
मालिका सेवा समाज बागलुङका अध्यक्ष जीवन नाथ शर्माको अध्यक्षता, कोषाध्यक्ष प्रकाश केसीको स्वागत मन्तव्य र कोषाध्यक्ष खडानन्द सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।




















































































































































































































