९ कार्तिक २०८३, आईतवार

 

पूर्वविद्यार्थी डा. पुकार चन्द्र श्रेष्ठलाई विद्यामन्दिर माविद्वारा स्वागत

बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयमा पूर्वविद्यार्थी तथा शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका पूर्वकार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र उहाँकी धर्मपत्नी नविना श्रेष्ठको स्वागत गरिएको छ।

विद्यालयका प्रधानाध्यापकका छवि रमण रेग्मी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले शुक्रबार डा. पुकार चन्द्र श्रेष्ठ र उहाँकी धर्मपत्नी नविना श्रेष्ठलाई विद्यालयमा स्वागत गर्नु भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक  रेग्मीले विद्यालयको समसामयिक गतिविधिहरू, शैक्षिक प्रगति, भौतिक पूर्वाधारको अवस्था तथा भावी योजनाहरूको बारेमा जानकारी गराउनु भएको थियो ।

डा. श्रेष्ठले विद्यालयप्रतिको आत्मीयता व्यक्त गर्दै आफ्नो बाल्यकालका स्मृतिहरू साझा गर्नु भयो । विद्यालयबाट २०३४ सालमा एसएलसी परीक्षा दिएको ब्याच भएको हुँदा आगामी दिनमा आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले स्वास्थ्य क्षेत्रको अनुभव र अंग प्रत्यारोपणको संवेदनशीलता सम्बन्धी विषयमा संक्षिप्त जानकारी दिँदै विद्यार्थीहरूलाई प्रेरणादायी सन्देश पनि दिनुभयो। धर्मपत्नी नविना श्रेष्ठले विद्यालयको वातावरण र व्यवस्थापनप्रति प्रशंसा व्यक्त गर्दै शिक्षाको महत्वमा जोड दिनुभयो।

श्रेष्ठ दम्पतीप्रति हार्दिक आभार प्रकट गर्दै यस्ता प्रेरणादायी भेटघाटले विद्यालयको शैक्षिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले बताउनुभयो ।

कार्यक्रम विद्यामन्दिर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठको अध्यक्षता र प्रधानाध्यापक छवि रमण रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung