३ श्रावण २०८३, आईतवार

 

बागलुङमा राती नौ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने

 

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले तिहारमा राती नौ बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने जनाएको छ । आउँदै गरेका चाड पर्व शुभ दीपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा प्रशासनले ८ बुँदे सचेतना जारी गरेको छ ।

कसैको इच्छा र चाहना विरुद्धका क्रियाकलाप एवम् समाजमा कानून विपरित कार्य नगरी खुशीयालीपूर्वक मनाउन, शान्ति सुरक्षा एवम् अमनचयन कायम गर्न जिल्ला प्रशासनले अनुरोध गरेको छ ।

देउसी, भैलो लगायतका सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा धर्म–संस्कृती र परम्पराप्रति ठेस नपुग्ने गरी सन्चालन गर्न, देउसी, भैलो, नाचगानजस्ता कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित एवम् अनुशासित रुपमा रातको ९ः०० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।

यस्तै दीपावलीको अवसरमा विजुली तथा मैनबत्तीजस्ता सामग्रीको प्रयोग सावधानीपूर्वक गर्नु गर्ने आगलागी भएरमा सुरक्षा निकायलाई खबर गर्ने, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने, झै–झगडा गर्ने तथा भीडभाडजन्य गतिविधि गरी समाजमा अशान्ति सृजना गर्ने एवम् अशोभनीय क्रियाकलाप नगर्न अग्रह गरेको प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले जानकारी दिनुभयो ।

यस्तै सवारी साधनहरुको छतमा बस्ने, झुण्डिएर यात्रा गर्ने कार्य नगर्नु-नगराउनु हुन तथा विभिन्न बहाना बनाई लामो÷छोटो दुरीका भाडाका सवारी साधानहरुले यात्रुसँग बढी पैसा असूल गर्ने, दुव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राखेको पाइएमा प्रहरी कन्ट्रोल नं १०० मा सम्पर्क गर्न, दीपावली मनाउने कक्रममा प्रयोगमा हुने भुईंचम्पा, पटाका, आतिसवाजी जस्ता विस्फोटक पदार्थ तथा नियन्त्रित र निषेधित वस्तुको अवैध आयात, ओसारपसार, विक्री वितरण तथा प्रयोग नगर्न, जुवाजन्य खेल नखेल्न र कृत्रिम अभाव नगर्न आग्रह गर्दै सूचनाको अवज्ञा गरी कुनै गतिविधि तथा क्रियाकलाप भए-गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने गुरुङले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung