१९ जेष्ठ २०८३, मंगलवार

 

राष्ट्र बैंक कार्यकारी निर्देशकमा राजनविक्रम थापाको बढुवा

बागलुङ। राष्ट्र बैंकको मानव संसाधन विभागले राजनविक्रम थापालाई कार्यकारी निर्देशकमा बढुवा गरेको छ। राष्ट्र बैंकले प्रशासन सेवातर्फ रिक्त कार्यकारी निर्देशकको पदपूर्तिका क्रममा थापालाई बढुवा गरेको हो।

निर्देशकमध्येबाट थापा कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा बढुवा भएका हुन्। बढुवापछि थापालाई राष्ट्र बैंक गभर्नर कार्यालयको जिम्मा दिइएको छ।

तत्कालीन कार्यकारी निर्देशक डा। गुणाकर भट्ट अधिकृत विशिष्टमा ७ वर्ष सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा गएपछि रिक्त कार्यकारी निर्देशक पदमा थापाको बढुवा भएको हो।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung