बागलुङ । अलपत्र परेका, सडकमा बास बस्नेहरूका आश्रयदाता आमा घरकी संचालिका समाजसेवी दिलशोभा श्रेष्ठ नगद रु १ लाखसहित सम्मानित भएकी छिन्।
यही कात्तिक २९ गतेको दिन वंश-रत्न मेमोरियल ट्रस्ट, अनामनगर, काठमाडौद्वारा शनिबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रम मानववादी उत्कृष्ट सम्मानु अन्तर्गत वहाँलाई उक्त सम्मान गरिएको हो।
प्रमुख अतिथि सीमाविद् एवं राष्ट्रवादी व्यक्तित्व बुद्धिनारायण श्रेष्ठले दोसल्ला ओढाई समाजसेवी दिलशोभा श्रेष्ठलाई उक्त नगदसहित सम्मानित गर्नुभएको हो।
प्रधान संरक्षकद्वय बालकृष्ण श्रेष्ठ नेभा तथा बेगम कुमारी श्रेष्ठको उपस्थितिमा संपन्न कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र, काठमाडौंका अध्यक्ष डा. स्वयम् प्रकाश श्रेष्ठ, डा. निल प्रसाद पन्त, न्होर्बु घले, साहित्यकार गंगा कसजू, रेणु जोशी र मदनराज थापाले संस्थाको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो ।
अन्धविश्वास र कुरीति विरुद्ध वैज्ञानिक मानववादी अभियानु मूल मन्त्र रहेको उक्त संस्थाले २ वर्षअघि पनि जनही १-१ लाख नगदसहित तीनजना विशेष व्यक्तित्वहरूलाई सम्मानित गरेको थियो।
सम्मानित व्यक्तित्वबारे स्रस्टा रामदेव पाण्डेले प्रकाश पार्नुभएको थियो।
कार्यक्रम वंश-रत्न मेमोरियल ट्रस्टकी अध्यक्ष सन्तु श्रेष्ठको अध्यक्षता, संस्थाका सचिव अमिता श्रेष्ठको स्वागत मन्तव्य र मानववादी संस्था सोच नेपालका अभियन्ता उत्तम निरौलाको सञ्चालनमा सम्पन्न भएको थियो ।

























































































































































































































