बागलुङ । लायन्स इन्टरनेसल डिष्ट्रिक ३२५ के नेपाल अन्तर्गत रिजन १९ को दोस्रो जोन मिटिङ सम्पन्न भएको छ । बागलुङ बजारमा लायन्स क्लब अफ बागलुङ युनियनको आयोजनामा मिटिङ सम्पन्न भएको थियो ।
कार्यक्रममा डिष्ट्रिक सिनियर एडभाइजर पार्वती थापा अधिकारी, डिष्ट्रिक कोडिनेटर अनुप रिजाल, रिजन चियर पर्सन जुनु श्रेष्ठ, लायन्स क्लब अफ बागलुङ सिटीका सचिव जमुना श्रीष , लायन्स क्लब अफ बागलुङ कालिगण्डकीका अध्यक्ष लखन थापा, लायन्स क्लब अफ बागलुङ युनियनका अध्यक्ष लक्ष्मण कार्की, लायन्स क्लब अफ बागलुङ प्रोफेसनलका अध्यक्ष दिनेश अधिकारी, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका अध्यक्ष प्रकृति राजभण्डारी र लायन्स क्लब अफ बागलुङ सिटिजनका अध्यक्ष कमला चापागाईले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम जोन चियर पर्सन दुर्गा श्रीसको अध्यक्षतामा सम्पन्न भएको थियो ।

















































































































































































