२१ भाद्र २०८३, आईतवार

 

बागलुङ शाक्य खलः काठमाडौंद्वारा जेष्ठ नागरिकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बागलुङ । बागलुङ शाक्य खलः काठमाडौं नेपालको आयोजनामा जेष्ठ नागरिकसँग तेस्रो अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जेष्ठ नागरिकसँग भलाकुसारी नयाँ पिढीलाई खुराकी कार्यक्रममा ८७ वर्षीय डम्बर नर्सिङ राजभण्डारीले नयाँ पुस्तालाई आफनो जिवनको अनुभव र अनुभुती साझा गर्नु भएको थियो ।

उहाँले विसं २००७ सालमा बागलुङको अदालतमा एक पेज नक्कल सार्नेको कामको पहिलो कमाई तीन मोहर पाएको पुरानो विगतको इतिहास सुनाउनुभयो । १९९५ सालमा बागलुङ बजारमा जन्म भई २०१४ सालमा अध्ययनको सिलसिलामा काठमाडौंमा आएर एमएसम्मको पढाई पुरा गर्नु चानेचुने कुरा थिएन ।

हुलाक कार्यालयदेखि पब्लिक युथ कलेजसम्म काम गरेर जिवनमा निरन्तर काम, मेहनत र परिश्रमको बलमा बागलुङको युवाले कसरी काठमाडौंमा रहनको लागि संघर्ष गर्नु पर्यो त्यति बेलाको स्मृति सुनाउनु भएको थियो ।

शाक्यको नेतृत्वमा २०२३ सालमा काठमाडौंको लगनटोलमा प्राइमरी स्कुल स्थापना गरी २०३६ सालसम्म अध्यापन समेत गर्नु भएको थियो ।

बागलुङ शाक्य खलः काठमाडौंका अध्यक्ष बालकुमार शाक्य समाजका अग्रजहरु हाम्रो जिउँदो इतिहास भएकोले उहाँहरुको संघर्ष, अनुभव र अभ्यास नयाँ पुस्ताको लागि अमूल्य सम्पत्ती भएको बताउनुभयो ।

समाजमा महत्वपूर्ण योगदान दिनु भएका असल जेष्ठ नागरिकको जिवन संघर्षका भोगाई र अभ्यास नयाँ पुस्ता र समाजका सबै वर्ग, समुदायलाई प्रेरणादायी हुने शाक्यको भनाई थियो ।कार्यक्रममा बागलुङ शाक्य खलमा दुई लाखको अक्षय कोष स्थापना गर्नु हुने विजय शाक्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रम बागलुङ शाक्य खलः काठमाडौंका अध्यक्ष बालकुमार शाक्यको अध्यक्षता, कार्यसमिति सदस्य सुनिल सन शाक्यको स्वागत र सचिव मनोज शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रम बागलुङ शाक्य खलः काठमाडौंका अध्यक्ष बालकुमार शाक्यको अध्यक्षता, सुनिल सन शाक्य र सचिव मनोज शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।बागलुङ शाक्य खलः काठमाडौं सदस्यहरुको हकहितमा केन्द्रीत हुनुका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा केन्द्रीत छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung