८ कार्तिक २०८३, शनिबार

 

धवलागिरि वीरेन्द्र माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

बागलुङ । धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ ।कार्यक्रममा धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजन शर्माले विद्यार्थीबिच एकता, माया र स्वच्छ प्रतिस्पर्धा भएका राम्रो नतिजा आउने बताउनुभयो ।

धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक भुमिराज गौतम, शिक्षकहरु पूर्णराज रेग्मी, भोजराज पौडेल, सपना सापकोटा पौडेल, गणेश प्रसाद शर्मा, विद्यार्थीहरु मिजास विश्वकर्मा, दिया शर्मा, सलिना छन्त्यालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयका कक्षा १२ विद्यार्थी जनक पुनको अध्यक्षता, कक्षा १२ का विद्यार्थी संगम थापाको स्वागत र कक्षा १२ का विद्यार्थी दुर्गा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

विसं २०२१ सालमा स्थापना भएको यस विघालयमा भौतिक र शैक्षिक सुधारका साथै विद्यार्थी मैत्री वातावरण भएकोले धेरै विद्यार्थी र अभिभावकको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung