२१ भाद्र २०८३, आईतवार

 

बागलुङको सिगानामा जिप दुर्घटना, ८ जना घाइते

बागलुङ । बागलुङ बजार तर्फ आउदै गरेको पिक अप जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जिप दुर्घटना हुँदा घाइते ८ मध्ये दुईको अवस्था चिन्ताजनक रहेको छ ।

बरेङदेखि बागलुङ बजार तर्फ आउदै गरेको ग ३ च४८३४ नम्बरको जिप सडकबाट दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । गम्भिर घाइतेहुनेमा चालक सुसान्त जिसी र यात्री प्रशान्त खड्का रहेका छन् ।

यस्तै अन्य घाइतेहरुमा सावित्रि भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निसा भण्डारी, चन्द्र भण्डारी र झुमा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung