बागलुङ । तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधी बागलुङ नगरपालिका ९निलो०ले जितेको छ । बिहिबार भएको फाइनल खेलमा बागलुङ नगरपालिका ९निलो०ले पर्वतको पैयुँ गाउँपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
बागलुङ नगरपालिकालाई जिताउन मनिष श्रेष्ठले ह्याट्रिक गरेभने राजिव श्रीषले एक गोल गरे ।
खेलको ३८ औँ मिनेटमा श्रेष्ठले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले दोस्रो हाफको ४२ औँ मिनेटमा दोस्रो गोल गर्दै गोल अग्रता दोब्बर बनाएका थिए । इन्जुरी समयमा थप १ गोल बागलुङ ३–०ले अग्रता लिएको समयमा श्रीषले थप १ गोल गर्दै ४–०को गोल अन्तरले जित निकाल्न सफल भयो ।
प्रतियोगिताको विजेता बागलुङ नगरपालिकाले ३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ र उपविजेता पर्वत पैयुँले २ लाख २२ हजार २ सय २२ रुपियाँ प्राप्त गरेका छन् ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बागलुङले कटारीलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको थियो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगेको थियो । बागलुङको जितमा गोलरक्षक युनिश श्रेष्ठ नायक बने । उनले टाइब्रेकरमा कटारीका गणेश भुजेलको प्रहार रोकेका थिए ।
इपरिन्युजबाट













































































































































































































