बागलुङ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय बागलुङ र सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङ नगरपालिका-३ गुठीको संयुक्त आयोजनामा बागलुङ नगरपालिका–२ जिपपार्कस्थित युएस एकेडेमीका विद्यार्थी, शिक्षक र कर्मचारीलाई प्रशिक्षण दिइएको थियो ।प्रशिक्षण कार्यक्रममा युएस एकेडेमीका कक्षा ८,९ र १० कक्षाका ८० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक सागर तिवारीले महिला अधिकार, महिला हिंसा, कानुनी उपचारको व्यवस्था, साइबर क्राइम, लागु औषध, त्यसका नकरात्मक प्रभाव र लागु औषध दुव्र्यसनीले भोग्नु परेका समस्याको बारेमा जानकारी प्रदान गर्नु भएको थियो ।
साथै सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङ नगरपालिका ३ गुठीकी अध्यक्ष लिला देवी खड्काले बाल मनोविज्ञान, महिला हिंसा, कानुनी व्यवस्था र विद्यालय खेल्नु पर्ने भूमिकाको बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा युएस एकेडेमीका निर्देशक दल थापाको अध्यक्षता र प्रिन्सिपल अशोक केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।


















































































































































































