बागलुङ ।जेसीज सप्ताहको अवसरमा बागलुङमा आयोजित वक्तृत्व कला प्रतियोगितामा विद्यामन्दिर माध्यामिक विद्यालयका संस्कार गौतम प्रथम भएका छन् ।
प्रगति कुमार श्रेष्ठ स्मृति वक्तृत्व कला प्रतियोगितामा विद्यामन्दिरका गौतम विजेता र अमर आदर्श आवासीय माध्यामिक विद्यालयका संगम क्षेत्री उपबिजेता भएका छन् ।‘एकसाथ उठौँ राम्रो भविष्यकोलागि’ भन्ने विषयमा बुधबार भएको वक्तृत्वकला प्रतियोगितामा ८ जना प्रतियोगिको सहभागिता रहेको थियो ।
विजेता र उपविजेतालाई नेपाल जेसीजका पूर्वअध्यक्ष धनञ्जय श्रेष्ठले पुरस्कार वितरण गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै उनले युवाहरुलाई सिर्जनशिल बनाउन बागलुङ जेसिजले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले अहिलेको देशको यो अवस्थालाई बदल्न युवाहरु सकरात्मक र सृजनशिल भएर लाग्नु पर्ने बताए । कार्यक्रममा प्रगति कुमार श्रेष्ठ स्मृति कोषका अध्यक्ष डा कृष्णबहादुर श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल जेसीज कार्यकारिणी उपाध्यक्ष सौरभ श्रेष्ठको उपस्थिति रहेको थियो ।
कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठको अध्यक्षता, निवर्तमान अध्यक्ष गणेश महतोको स्वागत मन्तव्य र कार्यकारिणी उपाध्यक्ष शिव कुमार केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

















































































































































































