२१ भाद्र २०८३, आईतवार

 

कश्यप गोत्री घिमिरे बन्धु समाजको कुल पूजा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्रबहादुर घिमिरे

बागलुङ । बेनी नगरपालिका-२ स्थित कश्यप गोत्री घिमिरे बन्धु समाज राम्चेडाँडाको कुल पूजा तथा दोस्रो अधिवेशन विहिबार सम्पन्न भएको छ ।

अधिवेशनले चन्द्रबहादुर घिमिरेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ । कार्यक्रममा राष्ट्र सेवक कर्मचारीको तर्फबाट विनिता घिमिरे, मुक्तिनाथ विकास बैंक बागलुङका प्रबन्धक सुदिप घिमिरे, घिमिरे प्रतिष्ठान बागलुङका अध्यक्ष राजिव घिमिरेले मन्तव्य व्यक्त गरेका थिए ।

साथै विभिन्न क्षेत्रमा योगदान पृुर्याएका व्यक्तित्वहरु साथै जेष्ठ नागरिक, चन्दादाता र जग्गादातालाई सम्मान गरिएको थियो ।

साधारण सभामा कश्यप गोत्री घिमिरे बन्धु समाजका अध्यक्ष चन्द्रबहादुर घिमिरेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमला घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कश्यप गोत्री घिमिरे बन्धु समाजका अध्यक्ष चन्द्रबहादुर घिमिरेको अध्यक्षता, सल्लाहकार दिलबहादुर घिमिरेको स्वागत र सचिव तिलबहादुर घिमिरेसंचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung