३ श्रावण २०८३, आईतवार

 

बडिगाडको त्रिभुवन नमुना माविमा महायज्ञ सुरु

बागलुङ । बागलुङको बडिगाडमा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयमा आईतबार देखी महायज्ञ सुरु भएको छ । बडिगाड गाउँपालिका– २ खर्बाङमा रहेको विद्यालयको हिरक महोत्सवको अवसरमा श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो ।

महायज्ञको गण्डकी प्रदेश सभाका उपसभामुख विना कुमारी थापाले गर्नुभएको हो। उद्घाटन पश्चात बाल्दै थापाले बसाईसराई र गाँउको विकासको लागि अहिलेको मुख्य आवयश्कता सिप युक्त जनशक्ती रहेको बताउनुभयो ।

उहाँले कुनै पनि सिप जानेको मान्छे भोकै नहुने बताउदै गाँउको विकासको लागि दक्ष जनशक्ती बाहिर बाट ल्याउदा लाखौ रकम बाहिरिएको बताउदै विद्यालयले राखेको ‘बहुप्राविधिक आवशिय विद्यालय’ को लक्ष्य नै अहिलेको मुख्य आवश्यक्ता भएको बताउनुभयो ।

कार्यक्रममा बडिगाड गाँउपालिकाका उपाध्यक्ष भिमसने बनले पालिकाको एक मात्र नमुना विद्यालयले राखेको लक्ष्य पुरा गर्न पालिकाले अभिभावक्तो लिने बताउदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रमुख बाचक पण्डित दीनबन्धु पोखरेलले महायज्ञ अवधिभर कथा प्रवचन मात्र नभई ज्ञान महायज्ञका रुपमा दिव्य कथा बाचन हुने सुनाए । विद्यालयका प्रध्यानाध्यापक ढालमणी भण्डारीले महायज्ञ आयोजना गर्ने अभियन शुरु गरेदेखि अहिले सम्म करिब १ करोड रकम बोलकबोल भईसकेको बताउनुभयो ।

विद्यालयमा सोमबार विहान ७ बजेबाट नियमित पुजापाठ सहित महायज्ञका कार्यक्रम शुरु हुने समेत उहाँले जानकारी दिनुभयो । जिल्लाको पश्चिम क्षेत्रकै नमुना विद्यालयमध्ये एक उक्त विद्यालयमा थप प्राविधिक शिक्षा थप गरी विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराउनेगरी महायज्ञ आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु भुसालले जानकारी दिनुभयो ।

‘हाम्रो विद्यालय ग्रामीण क्षेत्रमा रहेको विद्यालयमध्ये राम्रो नतिजा दिने र धेरै विद्यार्थी भएको विद्यालयमध्ये पर्छ,’उहाँले भन्नुभयो,‘हामी प्राविधिक विषय अन्तर्गत बाली विज्ञान पनि सञ्चान गरिरहेका छौं । अब थप प्राविधिक शिक्षा थप्ने र विद्यालयलाई आवासीय बनाउने गरी हामीले यो महायज्ञको आयोजना गरेका हौं ।’

विपन्न, दलित र जनजाति समुदायको बढि बसोबास रहेको क्षेत्रमा रहेको विद्यालयमा आवासीय विद्यालय सञ्चालन गर्दा विद्यालयको गुणस्तर अभिवृद्धि गर्न सकिन्छ भन्ने विद्यालयको विश्वास छ ।

‘विपन्न, दलित र जनजाति समुदायको बढि बाहुल्यता रहेको क्षेत्र हो, हाम्रो विद्यालयमा आउने विद्यार्थीहरु पनि तीनै समुदायबाट धेरै छन्,’उहाले भन्नुभयो,‘ती विद्यार्थीहरुलाई आवासीय सुविधा दिन सकियो भने उनीहरुले पढाईमा राम्रो गर्न सक्छन् र विभिन्न कारणले विद्यालयमा नआएका विद्यार्थीलाई पनि विद्यालयसम्म ल्याउन सकिन्छ भन्ने विश्वास छ ।’

प्राविधिक धारतर्फ अहिले बाली विज्ञान सञ्चालनमा रहेको र सिटीईभिटीसंगको सहकार्यमा सिभिल इन्जिनियरिङ र इलेक्ट्रीसियनको कक्षा सञ्चालन गर्ने योजना रहेको उहाँ बताउँनुहुन्छ ।

‘अहिले आवश्यकता भनेको सीपयुक्त शिक्षा नै रहेछ, हामीले दिन शिक्षा र ज्ञानसंग सीप जोडिएन भने पनि गाह्रो अवस्था छ,’उहाँले भन्नुभयो,‘सिभिल इन्जिनियरिङ र इलेक्ट्रीसियनको कक्षा सञ्चालन गर्न सक्यौं भने त्यसले माथिल्लो तहमा अध्ययन गर्ने र माध्यमिक तहको अध्ययनपछि गाउँघरमै काम गर्नका लागि पनि सहजता ल्याउँछ भन्ने हामीलाई लागेको छ ।’

विद्यालयको पढाईमा गुणस्तर कायम हुँदै गएपछि छिमेकी वडाहरुबाट पनि तल्लो तहको कक्षामा विद्यार्थी आउन थालेपछि आवासीय आवश्यकता बढेको उहाँले बताउनुभयो ।

‘हाम्रो विद्यालयमा प्रावि तहमा पनि झण्डै साढे चार सय विद्यार्थी संख्या छ, नजिकका वडाहरुबाट पनि विद्यार्थी आउने चाहाना गर्ने गरेका छन्,’उहाँले भन्नुभयो,‘आवासीय विद्यालय बनाउँदा टाढाबाट आउने विद्यार्थीसंगै विपन्न विद्यार्थीलाई पनि सजिलो हुनेछ ।’ उक्त विद्यालयमा अहिले ११८७ विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung