३ श्रावण २०८३, आईतवार

 

धवलागिरि बचत तथा ऋण सहकारीद्वारा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठ प्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं । धवलागिरि बचत तथा ऋण सहकारी संस्थाद्वारा बागलुङ नगरपालिका-३ नयाँ बजार जन्म घर भई हाल ललितपुर महानगरपालिका कुपण्डोल  निवासी पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको स्मृतिमा सोमबार स्मृति सभा आयोजना गरिएको छ ।

काठमाडौं महानगरपालिका-११ सुन्धारा, दहमार्गमा सञ्चालनमा रहेको धवलागिरि बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्य तथा सल्लाहकार पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, छोराहरु राममनोहर श्रेष्ठ र डा. पुकार चन्द्र श्रेष्ठका बुबा संस्थाका सेयर सदस्य पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठ प्रति धवलागिरि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेन्द्र मान शाक्यले भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

श्रेष्ठको ९४ वर्षको उमेरमा गत मंसिर १६ गते देहावसान भएको थियो ।स्मृति सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट छोरा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

स्मृति सभामा धवलागिरि बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार श्रवणलाल शाक्य, सल्लाहकार मोहनश्याम राजभण्डारी, उपाध्यक्ष सम्पूर्ण नारायण भारी, सदस्यहरु बालकुमार शाक्य, नविना श्रेष्ठ,जमुना राजभण्डारी र प्रबन्धक केशवचन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो ।

स्मृति सभा धवलागिरि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेन्द्र मान शाक्यको अध्यक्षता र कार्यसमिति सदस्य बसन्त किशोर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung