बागलुङ । विद्यामन्दिर पुस्तकालय बागलुङले रिड नेपालबाट आएका प्रतिनिधिहरुसँग भेटघाट तथा स्वागत गरेको छ । पुस्तकालयको आम जनताको बौद्धिक सम्पत्ती भएकोले यसको संरक्षण र विकासको लागि सबै लाग्नु पर्ने कार्यक्रममा रिड नेपालका अध्यक्ष सम्झना श्रेष्ठले बताइन् ।
कार्यक्रम रिड नेपालका सचिव भोला शर्मा, कोषाध्यक्ष भोला श्रेष्ठ, निर्देशक चिनकाजि श्रेष्ठ, कार्यक्रम संयोजक भाग्य श्री विष्ट, विद्यामन्दिर पुस्तकालयका संरक्षक समिति सदस्य हरिहर श्रेष्ठ, प्रेम छोटा, पूर्वअध्यक्ष ईश्वर प्रसाद मलेपती, सल्लाहकार काजिरोशन, पुस्तकाध्यक्ष गणेश सापकोटा र जेष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष चिरिन्जिवि श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम विद्यामन्दिर पुस्तकालय बागलुङका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, कार्यसमिति सदस्य वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठको स्वागत तथा पुस्तकालयका कार्यसमिति सदस्य गोविन्द प्रसाद वझाको सञ्चालनमा सम्पन्न भएको थियो ।
















































































































































































































