३ श्रावण २०८३, आईतवार

 

प्रशासन कार्यालय बागलुङको बजार अनुगमन, अखाद्य वस्तु नष्ट

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारका विभिन्न पसल तथा उद्योगहरुको अनुमगन गरको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङका नायव सुव्वा राम प्रसाद उपाध्यायको नेतृत्वमा बागलुङ नगरपालिका कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, प्रहरी कार्यालयको रोहवरमा संयुक्त अनुगमन गरिएको छ ।

अनुगमनमा नगपालिकाका अधिकृत सरस्वती रेग्मी, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतले बजार अनुगमन गरिएको हो ।

बागलुङ बजारको धौलागिरि कँडेल प्लाष्टिक पसल, झुलेनी दूध डेरी, सगुन ब्रदर्श, आरके ट्रेडर्स र मनसुन दालमोठ उद्योगमा अनुगमन गरिएको थियो ।

अनुमगनका क्रममा धौलागिरी कँडेल प्लाष्टिक पसलमा मिति गुज्रेको ११ बट्टा घ्यू, झुलेनी दूध डेरीबाट मिति गुज्रेको पाँच बोतल कोकाकोला र आरके ट्रेडर्सबाट बेसन पाउडर बरामद गरी नष्ट गरिएको छ ।

व्यवसायीहरुलाई सचेत गराउनका लागि अनुगमन गरिएको बताउदै जिल्ला प्रशासन कार्यालयले आगमी दिनमा मिति गुज्रेका अखाद्य वस्तु विक्रि गर्नेलाई कार्वाही गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung