बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेमा पिकअपले ठक्कर दिदा बालकको मृत्यु भएको छ ।
बागलुङ–बेनी सडक खण्डमा पर्वत जिल्ला जलजला गाउँपालिका ८ निवासी नाङ्लिबाङ बस्ने वर्ष २५ को सुनिल नेपालीले चलाई बेनीबाट बागलुङ बजार तर्फ आउँदै गरेको ध १ च १३३६ नं को पिकअप जिपले सडक क्रस गर्दै गरेको पैदल यात्री सूर्य ढुङ्गानालाई ठक्कर दिएको थियो ।
बागलुङको काठेखोला गाउँपालिका–१ धैरेनी बस्ने शिव प्रसाद शर्माको छोरा वर्ष ५ को सूर्य ढुङ्गानालाई ठक्कर दिदा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख तिलक भारतीले जानकारी दिनुभयो ।
















































































































































































